शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अर्थमन्त्री शर्माले डाके पत्रकार सम्मेलन


  • सोमबार, चैत्र २८ २०७८
9K
SHARES

फाईल तस्बिर

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका छन् । सोमबार दिउँसो ४ बजे अर्थ मन्त्रालयमा पत्रकारहरूलाई बोलाइएको हो ।

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनमा तानेपछि यतिखेर आर्थिक वृत्त तरङ्गित छ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसकेपछि गभर्नरलाई निलम्बन गरिएको भन्दै अर्थमन्त्रीविरुद्ध प्रचार भइरहेको छ ।

पत्रकार सम्मेलन क्रममा अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थालगायत आफूलाई विवादमा तान्न खोजिएका मामिलामा पनि धारणा राख्ने बताइएको छ ।

अर्थतन्त्र अस्तब्यस्त भएको भएको हल्लाले अहिले अर्थमन्त्री शर्माको सर्वत्र आलोचना हुन सुरु भएको अवस्थामा अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अर्थव्यवस्था तथा अर्थतन्त्र अस्तब्यस्त बनाएको आरोपका विषयमा धारणा राख्न पत्रकार सम्मेलन डाकेको हुनसक्ने बुझिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा