शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सत्ता गठबन्धनको संयुक्त अपील : आपसी मतभेद अन्त्य गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउनु !


  • सोमबार, चैत्र २८ २०७८
9.8K
SHARES

फाइल तस्विर

सत्ता गठबन्धनमा आवद्ध पाँच दलले गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन अपील गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर अगाडि बढ्न कार्यकर्तालाई अनुरोध गरेका छन्।

‘देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘आदरणीय जनसमुदाय व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँचदलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौं।’

विज्ञप्तिमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

प्रतिगमनलाई परास्त गर्दै राष्ट्रको अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा