नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सांसद सुदन किराँतीले गठबन्धनमा मेयर/उपमेयरको मोलमोलाई गर्ने प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गर्नु पर्ने सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै किराँतीले सैद्धान्तिक आधार भन्दा बाहिर गएर मोलमोलाई गर्नु ठिक नभएको बताएका छन् ।यदी यसरी नै स्थानीय तहका पदमा मोलमोलाई नै गर्नु हो भने के को लागि गठबन्धन भन्दै किराँतीले प्रश्न गरेका छन्।
‘गठबन्धनको सैद्दान्तिक आधार र मान्यता बाट बाहिर गएर मेयर र उपमेयर पदको लागी मोलतोल गर्नेलाई चरित्रलाई के भन्ने ? गठबन्धन केको लागी गरेका हौ ?’ प्रश्न गर्दै किराँतीले लेखेका छन्, ‘ कुन इतिहासको पृष्ठभूमिमा गरेका हौं ? यथासक्य स्पष्ट गरौं अन्यथा गठबन्धन भंग गरौं कि बाहिर गएर मोलमोलाई गर्ने घोर अवसरवादी प्रबृत्तिलाई तुरुन्त नियन्त्रण गरौं ।’
सत्ता गठबन्धन गरेपनि सबैले इमान्दारीताका साथ सहयोग गर्ने र लिने वातावरण बनाउनु पर्ने किराँतीको भनाई छ। किराँती माओवादी केन्द्रबाट भोजपुर जिल्लाका सांसद हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।