शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देश बनाउने भिजन एमाले सँग मात्रै छ, गठबन्धन सरकारसँग छैन : शंकर पोखरेल


  • सोमबार, चैत्र २८ २०७८
12K
SHARES

फाईल तस्बिर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकारसँग देश बनाउने कुनै भिजन नभएको टिप्पणी गरेका छन् सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनसँग कुनै गन्तव्य र लक्ष नै नभएको दाबी गरेका हुन्।

मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको पनि उनको आरोप छ।

‘स्वर उनिहरूकै ठूलो छ गठबन्धन गरेर एमालेलाई हराउँछौं। कस्तो विडम्बना-पाँच दलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ न त कुनै गन्तव्य र लक्ष नै।’‚महासचिव पोखरेलले लेखेका छन्।

उनले नेपालको गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गरेको, भूकम्पले थिलथिलो बनाएको देशको अवस्थालाई एमालेको सरकारले उठाएको दाबी पनि गरेका छन्।

‘नेकपा एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो। जनताका मुर्झाएका सपनालाई जगायो। विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो। स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्‍यो तर मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसायो।’, उनले भनेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा