शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गगन थापासँग चुनाव लड्ने व्यक्तीको लाग्यो टुङ्गो, आश्चर्यजनक नतिजा ल्याउने घोषणा


  • आइतबार, चैत्र २७ २०७८
10.3K
SHARES

फाइल तस्विर

काठमाडौं । आफूलाई दार्शनिक बताउने सामाजिक सञ्जालमा फरक अभिव्यक्ति दिएर भाइरल बनेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले नयाँ फण्डा सुरू गरेका छन् ।

उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको जनाउ दिएका हुन् ।

मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ । अघिल्ला चुनावहरूमा साथमा नभएको मेरो दस्तावेज अहिले उपलब्ध भएको छ । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी सुरू भयो ।’

काठमाडौं–४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो । चर्चित हस्तीको क्षेत्रबाट चुनाव लड्ने भनेर मुकुन्देले आफूलाई चर्चामा ल्याउन खोजेको धेरैको अनुमान छ । तर, हामीसँगको कुराकानीमा उनले चर्चाको लागि नभएर जित्नका लागि उम्मेदवारी दिन लागेको बताए ।

विगतमा आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गर्दा प्राविधिक कारणले रोकिएको तर यसपाली नरोकिने उनको भनाइ छ ।

चुनाव लड्ने नै हो त रु भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘लड्नै पर्ने भयो हजुर । पहिला पनि धेरै कोशिस गरेको प्रचण्डविरुद्ध उठ्नलाई । २०७० सालमा किर्तिपुरमा प्रचण्डविरुद्ध लड्ने तयारी गरेको थिउँ । तर अर्को जिल्लाबाट उम्मेदवार दिँदा मतदाता नामावलीसँगै छुट्टै चिठी आउन पर्ने रहेछ सम्बन्धित जिल्लाबाट । त्यो नहुँदा म रोकिएँ । अहिले त्यो पेपर प्राप्त भएको छ । अब कुनै राष्टिय स्तरको खराब मान्छेलाई चुनौती दिनुपर्ने छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा