शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी


  • आइतबार, चैत्र २७ २०७८
6.9K
SHARES

फाइल तस्विर

धनगढी – जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको प्रति असहमति जनाउँदै जसपाले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको हो ।

सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुलाई बेवास्ता गरेको भन्दै जसपाले आपत्ति जनाएको हो । गठबन्धनमा आवद्ध अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धन बाहिरिने चेतावनीसमेत दिएको छ ।

जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले यथास्थितिमा गठबन्धन रहन नसक्ने बताए ।

‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको छ’, धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले भने, ‘केन्द्रीय सहमतिअनुसार अगाडि बढेको खण्डमा मात्र सहमति हुनसक्छ । अन्यथा हामी गठबन्धनमा बस्दैनौँ ।’

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुँदा आफूहरुलाई बेवास्ता गरेको जसपाको भनाइ छ । सुदूरपश्चिम प्रदेशसभामा जसपाका एक सांसद छन् । जसपाले स्थानीय तहको निर्वाचनसमेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा