काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा पछिल्लो समय चुनावलाई लिएर हंगामा मच्चिएको छ । निर्वाचनमा सहभागी हुने विषयलाई लिएर भारी मतमतान्तर देखिएको हो ।
एउटा पक्ष वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जानुपर्ने पक्षमा छ भने अर्को विपक्षमा खडा छ । कलहमा फसेको यही दलको एउटा गाउँपालिका कमिटीले भने एक कदम अघि बढेर सत्ता साझेदार दलसँग गठबन्धन नै गर्ने निर्णय गरेको छ ।
विप्लव नेतृत्वको नेकपाको प्युठानस्थित माण्डवी गाउँपालिकाले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर आगामी स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय लिएको हो ।
शुक्रबार यी दल सम्मिलत बैठकपछि विज्ञप्ति जारी गरिएको छ । जसको व्यहोरामा आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दलीय अस्तित्व स्वीकार गर्ने गरी गठबन्धनसहित एक ढिक्का भएर अघि बढ्ने उल्लेख छ । त्यसमा विप्लवका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।