काठमाडौँ — नेपाली महिला रेस्लर भगवती खड्का (युनिका)ले अमेरिकी रेस्लरलाई हराउँदै सान्दार जित निकालेकी छन् । शनिबार भएको रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लर पेड्रालाई हराएर जित निकालेकी हुन् ।
नेपाली महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित फाइटमा भगवतीले पेड्रोलाई सिंगल म्याचमा हराएकी हुन् । भगवतीसँग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसँग ट्रिपल थ्रेट म्याच खेलेका थिए ।
त्यसमा पेड्रोले बाजी मारेका थिए । त्यसपछि भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि ‘च्यालेन्ज’ गरेकी हुन् ।भृकुटीमण्डपमा भएको प्रतियोगिताको पुरुष सिंगल म्याचमा नेपाली ब्रोले पाकिस्तानका शेर खानलाई हराए ।
महिलाका दुई भिडन्तमा मनीषा रानाभाटले सपना माझीलाई र स्नेहा थापामगरले सपना गोपालीलाई हराएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।