आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आज रामनवमी, देशभर मनाइँदै !


  • आइतबार, चैत्र २७ २०७८
11.6K
SHARES

आज रामनवमी पर्व देशभरका तथा हिन्दु धर्मालम्बीहरूले मनाउँदै छन् । असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरेर हिन्हुहरुले रामनवमि मनाउने गर्छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरमा रहेको रामजानकीको मन्दिरमा मेला लाग्ने गर्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

रामको स्मृतिमा आज देशका विभिन्न भागका नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म–वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन हुने गर्छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई विष्णुको सातौँ अवतारका रूपमा जन्मेका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको उल्लेख छ । संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको तथा आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले रामको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा