शनिबार, साउन ९ २०८३
ताजा अपडेट

छोरी जन्मिएको खुसीयालीमा हेलिकप्टर चार्टर गरेर घर ल्याइयो


  • शनिबार, चैत्र २६ २०७८
9.7K
SHARES

छोरीलाई लिएर एक परिवारले यस्तो सन्देश दिएको छ, जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । घरमा छोरीको जन्मबाट परिवार यती खुसी थियो, उनीहरुले नवजात बच्चीलाई ठूलो शाही सानका रुपमा घर ल्याए । यसलाई देखेर वरपरका मानिस हैरानीमा परेका छन् ।

हाम्रो समाजमा छोरीलाई लिएर विस्तारै–विस्तारै परिवर्तन आउन थालेको देख्न पाइन्छ । भारतमा कन्याको भ्रूण हत्याको मामिला देखिरहेको छ भने अर्कातिर पुणेको एक परिवारले समाजको सामु एक यस्तो उदाहरण प्रस्तुत गरेको छ, यसको बारेमा जानेर छोरीप्रति जागरुकता बढ्ने छ ।

यस परिवारको एक सानो प्रयासले छोरीको जन्मको विषयलाई लिएर समाजमा एक मायाको सन्देश दिएको छ । सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको यो भिडियो पुणे जिल्लाको खेन्ड तालुकाको शेलगाउँको भएको बताइएको छ ।

भिडियोमा एक पिता आफ्नो नवजात शिशुलाई हेलिकप्टरबाट ओर्लेर कारमा बस्दै गरेको देखिन्छ । घरमा छोरीको जन्मबाट परिवार यतीको खुसी भएको छ, की शिशुलाई हेलिकप्टरबाट घर लिएर आएको छ ।

परिवारले बच्चीलाई पहिलो पटक घर फर्काउने समयलाई सम्झना लायक बनाउनका लागि हेलिकप्टरबाट घर ल्याएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा