आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

चुनावको मुखमा ११ डिएसपीको सरुवा,को कहाँ पुगे ?


  • शनिबार, चैत्र २६ २०७८
8.8K
SHARES

फाइल तस्विर

काठमाडौं ।

चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले ११ डिएसपीको काज सरुवा गरेको छ । राजनीतिक दबाबका कारण आधारमा गरिएको सरुवामा विभिन्न कार्यालयका प्रमुख पनि फेरिएका छन् ।

इप्रका मालाखेती कैलालीमा रबिन्द्र पाण्डे, राजापुर बर्दियामा सूर्य प्रसाद सुवेदी, इप्रका लम्की कैलालीमा रबिन कार्कीलाई पठाइएको छ । डिएसपीको सरुवा निकालेको एक हप्तामै यसरी काज सरुवा गरिएको छ ।

त्यस्तै दुई एसपीको पनि सरुवा भएको छ । दंगा गण त्रिपुरेश्वरमा एसपी प्रजित केसीलाई पठाइएको छ भने गणका एसपी सानुराम भट्टराईलाई काठमाडौं परिसरमा खटाइएको छ । यससँगै परिसरमा दुई एसपी रहने भएका छन् । यसअघि एसएसपी चक्रबहादुर सिंह नेतृत्वको एक समितिले परिसरमा मुद्दा र अप्रेसन हेर्न २ एसपी राख्न सिफारिस गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा