सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

गभर्नर निलम्बनमा मन्त्री झाँक्री पनि बोलिन्


  • शनिबार, चैत्र २६ २०७८
9K
SHARES

फाइल तस्विर

काठमाडौं :

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । उनले बजारमा हल्ला फैलिएजस्तो अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन् ।

शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको उल्लेख गरिन् ।

उनले भनिन्, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थ व्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।”

सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको भन्दै उनले त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् ।

खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि तथा रुस र युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको तर यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाइ थियो ।अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको भन्दै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे । उनले नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेमा पनि जोड दिए ।

गभर्नर निलम्बनमा परेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्ना धारणा सार्वजनिक गरेका छन् । आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेको एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरे ।

‘हिजोमात्रै हामीले देख्यौं । थुनुनाभरी रौँ भएको मुसाले धान खायो, यौटै रौँ नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौँ भएको मुसाले कपाकप धान आयो । उसैले रौँ नभएकोलाई कारबाही भयो,’ उनले भने,‘राष्ट्रबैंकको गभर्नरलाई कारबाही भयो, जसले देशको अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दैहुनुहुन्थ्यो ।’ उनले देश निर्लज्ज व्यक्तिहरूका हातमा पुगेको टिप्पणी गरे । गभर्नर अधिकारी अर्थतन्त्र बुझेको र अनुभवी राष्ट्रसेवक रहेको ओलीको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा