सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

कहाँबाट आयो शशांकको गोजीमा ६ करोड ?


  • शनिबार, चैत्र २६ २०७८
8.1K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको बताएका छन् । प्रतिनिधिसभाको निर्वाचन २०७४ मा उनले यति ठूलो रकम खर्च गरेको बताएका हुन् ।

निर्वाचन खर्च महंगो हुँदै गएको भन्दै अब खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको बताए । नवलपरासीबाट तीनपटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले स्मरण गरे ।

‘तीनपटक निर्वाचन लडेँ, पहिलोपटक ८० हजार खर्च भयो, दोस्रोपटक तीन करोड खर्च भयो,’ उनले भने, ‘तेस्रोपटक ६ करोड खर्च भयो ।’

नेपाल विद्यार्थी संघ इलाम काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले निर्वाचन खर्च धान्न नसकिने अवस्थामा पुगेको बताएका हुन् । उनले विद्यार्थीलाई राजनीतिभन्दा अध्ययनमा जोड दिन आग्रह गरे ।

उनले देश बनाउने युवा विद्यार्थी बन्दै अध्ययन सकेर राजनीतिमा आउनु पर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा