शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

घाँस काट्न गएका व्यक्तिलाई बाघले…


  • शनिबार, चैत्र २६ २०७८
8.7K
SHARES

फाइल तस्विर

२६, चैत, चितवन । चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ ।

खैरहनी नगरपालिका-१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो ।

बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

याे पनि पढ्नुहाेस्:

सरकारले गर्यो देशभर सार्वजनिक बिदा दिने निर्णय (गृह मन्त्रालयको सूचना सहित)

सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा