शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रचण्ड दाहिने भएपछि प्रचण्डका अङ्कलका छोराले मारे बाजी


  • शनिबार, चैत्र २६ २०७८
10.5K
SHARES

फाइल तस्विर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । शुक्रबार सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् ।

उनी प्रचण्डका अङ्कलका छोरा हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी मनोनित भएका हुन् ।

याे पनि पढ्नुहाेस्:

गभर्नर महाप्रसाद अधिकारी निलम्बित,यस्ता छन् आरोप

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको हो ।

जाँचबुझ समिति गठन भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरुको पदमुक्त सम्बन्धि व्यवस्था राखिएको छ ।

मन्त्रिपरिषदले गभर्नरलाई पदमुक्त गर्दा जाँचबुझ समिति गठन गर्ने व्यवस्था ऐनमा छ । ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेमा, बैंकको काम कारबाहीमा बेइमानी र बदनियत गरेको देखिएमा, वा खराब आचरण भएमा पदमुक्त गर्न सक्ने’ व्यवस्था ऐन रहेको छ ।

जाँचबुझ समितिको गठन गर्दा सर्वोच्च अदालतका अवकासप्राप्त न्यायाधीशलाई अध्यक्ष र आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुबाट २ जना सदस्य रहनेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा