शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गभर्नर अधिकारीमाथि डण्डा चलाउनुको कारण अर्कै, वास्तविकता छताछुल्ल भएपछि ठूलो तनावमा जनार्दन !


  • शनिबार, चैत्र २६ २०७८
12K
SHARES

फाईल तस्बिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नुको अर्कै पार्टीको गम्भीर खुलासा भएको छ । गभर्नर अधिकारी अबैध धनलाई बैध बनाउने सरकारी प्रयासको शिकार भएका हुन् । यही क्रममा उनी निलम्बनमा परेका छन । अर्थतन्त्र संकटमा पुर्याएको परमादेशी सरकारले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

यसअघि परमादेशको सरकारले स्रोत नुखुलेको ४० करोड रूपैयाँ छुटाउन गभर्नर अधिकारीमाथि दबाब दिएको थियो । तर उक्त दबाबका विषयमा सञ्चारमाध्यम आएपछि सरकारले गभर्नरलाई निलम्बन नै गरेको छ । साथै सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कामुको जिम्मा दिएको छ ।

मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएको हो । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो ।

उक्त छानबीन समितिमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ रहेका छन ।

अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएको थियो । रकम शंकास्पद देखिएपछि यस विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क ९फिनसेन०ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

शाह र परिवारका नाममा आएको रकम जफत गर्न र उक्त रकम अमेरिकालाई फिर्ता दिन फिनसेनले राष्ट्र बैंकलाई भनेको एक अधिकारीले बताए । लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला परमादेशी सरकारका प्रतिनिधि अर्थमन्त्री जनार्दन शर्माले हस्तक्षेप गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा