शनिबार, असार १८ २०७९
ताजा अपडेट

नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : ओली


  • KTM Khabar
  • शुक्रबार, चैत्र २५ २०७८
2.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’

अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,हस्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।’

यस्तै ओलीले कोरोना महामारीको समयमा आफ्नो नेतृत्वको सरकारले जनताको मनोवल बढाउने काम गरेको बताए । उनले नेपालमा कुनै पनि पूर्व तयारी नभएको  अवस्थामा पनि कोरोना भाइरसलाई परास्त गर्न सकिएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा