शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भरतपुरबाट माओवादी लखेटिने, काँग्रेस चितवन सभापति भन्छन् यो पटक काँग्रेसले छोड्दैन


  • शुक्रबार, चैत्र २५ २०७८
11.4K
SHARES

फाइल तस्विर

स्थानीय चुनाव नजिकिँदै जाँदा भरतपुर महानगरपालिका लाई चासोका साथ हेरिएको छ । गत चुनावमा माओवादी केन्द्रले काँग्रेसको सहयोगमा जितेको महानगर अहिले पनि दोहोराउने चाहाना राखेको छ ।

माओवादी केन्द्र नेतृ तथा अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालले आगामी चुनावमा पनि भरतपुर माओवादी केन्द्रले पाउनु पर्ने र पुन आफै मेयरको उम्मेदवार बन्ने बताइरहेका बेला चितवन काँग्रेस सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिए सँगै माओवादी केन्द्रले भरतपुरबाट हात धुने अवस्था आउने देखिएको छ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको चितवनको भरतपुर महानगर प्रचण्ड आफै राख्न चाहन्छन् । तर चितवन काँग्रेसले आगामी निर्वाचनमा मेयर बाहेक अरू पदमा तालमेल गर्न सकिने तर मेयर कांग्रेसले नै पाउनु पर्ने दाबी गरे सँगै प्रचण्डलाई तनाव सृजना भएको छ।

चितवन काँग्रेस सभापति खनालले सञ्चारकर्मीसँग कुरा गर्दै कार्यकर्ताहरूलाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताए सगै माओवादी नेतृ रेणु दाहाल तथा अध्यक्ष प्रचण्डलाई झनै सङ्कट सृजना हुने निश्चित छ । सभापति खनालले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने बताई सकेको अवस्थामा आगामी निर्वाचनमा भरतपुर महानगर माओवादीलाई जित्न कठिन हुने देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा