शनिबार, साउन ९ २०८३
ताजा अपडेट

होटलकी साहुनीसहित पाँचजना पक्राउ


  • बिहिबार, चैत्र २४ २०७८
9K
SHARES

धादिङ स्थित पृथ्वी राजमार्ग रहेको छेउ छाउमा रहेका चिया नास्ता पसल तथा होटलहरु लागुऔषधको केन्द्र बन्न थालेको छ ।

सोमबार ईलाका प्रहरी कार्यालय गजुरीले चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा समेत विक्रि वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा होटलहरु खानतलासी गर्दा २५ किलोग्राम लागु औषध गाँजा र १ थान डिजिटल तराजु सहित पाँच जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गजुरी–२ विहानी पम्प नजिकै रहेको जयराम स्टाप होटलकी संचालक ४७ बर्षिया सानी अधिकारी, फुर्केखोलामा रहेको आयुष होटलका संचालक ४३ बर्षिय राज कुमार भन्ने होतराज सेढाई, फुर्केखोलाकै हिरा होटल एण्ड लजका संचालिका वर्ष ४७ की हिरामाया लम्साल रहेकी छिन्।

त्यस्तै फुर्केखोलाका ठकुरी होटलका संचालक वर्ष ६१ को बेद कुमार शाही र बेनिघाट रोराङ–३ करम खोलामा रहेको चिया नास्ता होटलका संचालक वर्ष ५५ को खिलनाथ त्रिपाठी पक्राउ परेका छन्। पक्राउ परेका होटल संचालकहरुलाई धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा