सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

कंगोमा मारिएका सैनिक जवान अनिल गुरुङलाई,अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि यसरी सम्झिए


  • बिहिबार, चैत्र २४ २०७८
7.2K
SHARES

काठमाडौं :

अमेरिकी राजदूत र्‍यान्डी बेरीले विद्रोहीको आक्रमणबाट मृत्यु भएका नेपाली सैनिक जवानप्रति श्रदाञ्जली अर्पण गरेका छन्। शान्ति मिसनका लागि अफ्रिकन मुलुक कंगोमा रहेका सुर्खेत, गुर्माकोट-१४का अनिल गुरुङ गत चैत २२ गते विद्रोहीको आक्रमणबाट घाइते भएका थिए। उनको उपचारको मृत्यु भएको थियो।

राजदूत बेरीले आफूले पनि कंगोमा धेरै समय विताएको र नेपाली सैनिकहरुले वीरतापूर्ण गरेका कामको साक्षी भएको स्मरण गरे। ‘शान्ति सैनिक अनिल गुरुङको शोक सन्तप्त परिवार र नेपाल सरकार र जनताप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु। मैले प्रजातान्त्रिक गणतन्त्र कंगोमा धेरै समय बिताएको छु र नेपाली र अन्य शान्ति सेनाहरूले गरेको वीरतापूर्ण, महत्त्वपूर्ण कामको साक्षी भएको छु,’ उनले ट्विटरमा लेखेका छन्।

उनले शान्ति स्थापनाका लागि गरिएका मिसनहरुमा नेपालको उपस्थिति विश्वमै दोस्रो ठूलो भएको बताएका छन्। गुरुङजस्तै वीर नेपालीहरुका कारण जटिल बाटाहरु पछ्याउन सजिलो भएको उनले बताए।

‘शान्ति स्थापना मिसनहरू विश्वव्यापी स्थायित्व र सुरक्षाका लागि अत्यावश्यक छन्, र संयुक्त राष्ट्रसंघको शान्ति मिशनहरूमा नेपाल दोस्रो ठूलो सेना योगदानकर्ता पनि हो। अनिल गुरुङजस्तै वीर नेपाली सैनिकहरुका कारण शान्तितर्फको कठिन बाटो पछ्याउन मद्दत गरेको छ,’ उनले भनेका छन्।

परेशन ‘बाली’का क्रममा घाइते भएका सैनिक जवानको उपचारको क्रममा मृत्यु भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा