२४ चैत्र, काठमाडौं ।
ललितपुरकी पुष्पा बानियाँले सशस्त्र प्रहरी बल तर्फ इन्सपेक्टरको पहिलो नम्बरमा नाम निकालेकी छिन् । साहसी र पढाइमा समेत अब्बल बानियाँले खुल्ला तर्फ पहिलो नम्बरमा नाम निकालेकी हुन् ।सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित गरेको विज्ञापनअनुसार परिक्षामा ४९ जना उत्तीर्ण भएका छन् । जस मध्ये ४२ जना खुल्ला तर्फ छन् । ती ४२ मध्ये बानियाँले पहिलो नम्बरमा नाम निकालेकी हुन् ।
अन्य पुरुष प्रतिस्पर्धीलाई समेत पछि पार्दै बानियाँले १ नम्बरमा नाम निकालेसँगै यतिबेला उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ ।
ललितपुरकै प्रसादी एकेडेमीबाट प्लस टु पास गरेकी पुष्पाबाहेक खुलाबाट छनौट हुनेमा अरु सबै पुरुष प्रतियोगी रहेका छन् । भक्तपुरको सैनिक कलेज सल्लाघारीबाट बीबीए गरेकी बानियाँले प्रशादी एकेडेमीबाट १२ पास गरेकी थिइन् । उनले बीबीएमा भक्तपुरको सैनिक कलेज टपसमेत गरेकी थिइन् ।
भर्ना तथा छनौट शाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश बहादुर रायमाझीका अनुसार ४२ जना खुल्ला, ४ जना महिला, २ जना आदिवासी र १ जना दलिततर्फबाट छनौट भएका छन् । उत्तीर्णलाई भोली अर्थात् चैत २५ गते भद्र पोशाकमा सम्पूर्ण सक्कल कागजातसहित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।