शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली सरकारले सरकारी सम्पत्ति कौडीको भाउमा निजीलाई दियो: मन्त्री आले


  • बिहिबार, चैत्र २४ २०७८
8.6K
SHARES

फाइल तस्विर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरूले भ्रष्टचार गर्दै सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई दिएको आरोप लगाएका छन् ।

बिहीबार छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री आलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पत्ति फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताएका छन्।

आफू मन्त्री भएपछि सरकारी सम्पत्तिको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैयाँ उठेको उनको जिकिर छ ।

त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने धारणा राखे । उनले एमाले अध्यक्ष ओलीले भन्दै आएको एक क्वीन्टलको ढकलाई आधा किलोमा झार्ने गरी चुनावी तयारी गर्न आग्रह पनि आग्रह गरेका छन् ।

यसैबीच कोरोनाका कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा