निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज बिहीबार र भोलि शुक्रबार बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न पाईने छैन ।
आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त इश्वरी पौडेलले एक÷दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको इमेज च्यानललाई जानकारी दिनुभयो ।
मतदानको कति दिन अगावैदेखि आचारसंहिता लागू हुने भन्ने उल्लेख नगरिए पनि आयोगले तोकेको मितिदेखि लागु हुने व्यवस्था ऐनमा रहेको पौडेलले बताउनुभयो ।
आसन्न निर्वाचनका हकमा भने करिब पैतीस दिन अगावैदेखि आयोगले आचारसंहिता लागू गर्न खोजेको हो । निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न सरकारले पाउने छैन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।