पाँच दलिए गठबन्धन सहित स्थानीय चुनावमा जने काँग्रेस सभापतिको अडान छ । काँग्रेस भित्र गएको अधिवेशनबाट बलियो उपस्थिति रहेको सन्देश दिन सफल शेखर कोइराला खेमा सबै ठाउँमा गठबन्धन सहित चुनावमा जान नहुने बताउँदै आएको छ । नेता शेखर कोइराला गठबन्धन सहित चुनावमा भाग लिन नहुने बताउँदै आएका छन् ।
शेखर कोइराला खेमाबाट महामन्त्री बनेका नेता गगन कुमार थापा पनि केही समय अगाडि सम्म गठबन्धन सहित चुनावमा जान नहुने बताउँदै आएका थिए । तर अहिले उनी मौन भएका छन् । सभापति शेरवहादुर देउवा गठबन्धन सहित चुनावमा जाने अडानमा अडिग देखिए पछि महामन्त्री थापा मौन रहेको बुझिन्छ । तर शेखर खेमाबाट महामन्त्री बनेका नेता थापा मौन बस्दा शेखर खेमाले गगन थापा देउवा तिर लपक्कै भएको आरोप लगाउन थालेका छन् ।
राजनीतिमा चतुर मानिने नेता थापा मौन हुनु अर्थपुर्ण रहेको र कोइराला खेमालाई छोडेर देउवातिर लागेको एक नेता नाम नबताउने सर्तमा भन्छन् ।
उनी भन्छन् गगन थापा धेरे चतुर राजनीतिक खेलाडी हुन् । शेखर कोइराला लाई प्रयोग गरेर महामन्त्रीमा सबैभन्दा धेरै मत सहित स्थापित भए । आगामी दिनमा पार्टी सभापति बन्ने लक्षमा रहेका थापा अहिल्यै सभापति देउवा उन्मुख हुँदै गएको बुझ्न सकिन्छ । केही समय अगाडि सम्म गठबन्धन हुँदै हुँदैन भन्ने गर्थे नेता थापा तर अहिले पार्टीको निर्णय सबैले मान्नु पर्ने सार्वजनिक रूपमा बताए सँगै उनले शेखर खेमा छाडि सकेको सङ्केत भएको ती नेताको बुझाई छ ।
वर्तमान अवस्थामा नेता गगन थापालाई सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव घोषणा पत्र समितिको संयोजक बनाए सँगै नेता थापा देउवा तिर ढल्किएको शेखर खेमाका नेताको बुझाई रहँदै आएको छ । एमसीसी पास गर्ने सवालमा समेत देउवाको प्रमुख सहयोगी भूमिकामा देखिएका थापालाई देउवाले एक पछि अर्को जिम्मेवारी दिँदै जानुले पनि नेता थापा सभापति देउवाको निकट हुन थालेको शेखर खेमाको बुझाई सुरु भएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।