एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ४ रुपैयाँमा बेचेको विद्युत् ३८ रुपैयाँमा किनेर गठबन्धन सरकारले भारतको दलाली गरिरहेको आरोप लगाएको छ ।
बुधबार अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै सस्तोमा बेच्दै महंगोमा विद्युत् किनेर विद्युत् प्राधिकरणले नेपालको भन्दा भारतको दलाली गरिरहेको आरोप लगाएकी छन् । उनले सरकारले मुलुकको भन्दा छिमकेकीको हितमा रहेको व्यहोरा पुष्टि हुनेसमेत बताएकि हुन्।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजिवी जनताको जीवनयापन कष्टकर भएको भन्दै अध्यक्ष बरालले देशमा कालाबजारिया, घुसखोरीहरुको विगविगी बढिरहेको ठहर गरेको छ । सेटिङमार्फत आफ्ना कार्यकर्तालाई ठेक्का दिने दलाली प्रवृत्ति दिनप्रतिदिन मौलाउँदै गएको उसको भनाइ छ ।
मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै अनेरास्ववियुले हुण्डी कारोबारीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गरिरहेको आरोप लगाएको छ । साथै युनियनले मूल्यवृद्धि, कालोबजारी नियन्त्रण गरी देशको आर्थिक संकटलाई समाधान गर्न माग गरेको छ ।माग पूरा नभए आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाउने अनेरास्ववियुको चेतावनी छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।