शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हुने नै भयो तेस्रो विश्वयुद्ध ? हेर्दाहेर्दै यसरी भयो युक्रेनमा नेटोको ईन्ट्री !


  • बुधबार, चैत्र २३ २०७८
30K
SHARES

फाइल तस्विर

एजेन्सी – युक्रेनलाई ट्यांक पठाउने नेटोको पहिलो सदस्य मुलुक चेक गणतन्त्र बनेको छ । उसले राष्ट्रपति भालोदीमीर जेलेन्स्कीको अनुरोधमा टी–७२ र सशस्त्र वाहनहरू पठाएको हो । युक्रेनमा नेटोको ईन्ट्री भएसँगै तेस्रो विश्वयुद्ध हुने नै भयो भन्दै विश्लेषण हुन थालेका छन् ।

बीभीपी–१ इन्फान्ट्री फाइटिङ भेहिकल, हावित्जर आर्टिलरी पीस र एक दर्जनभन्दा बढी टी–७२ ट्यांकहरू मंगलवार युक्रेन जाने मालवाहक ट्रेनमा राखिएको हो ।

नेटोका साझेदार मुलुकहरूले युक्रेनलाई उपहार दिने सहमति जनाएपछि यो ट्यांक दिइएको बताइएको छ । एक महिनासम्म तटस्थ बसेपछि अब नेटो रुसविरुद्धको युद्धमा होमिने डर उत्पन्न भएको छ ।

नेटो मुलुकहरूले युक्रेनलाई एन्टी ट्यांक र एन्टी क्राफ्ट क्षेप्यास्त्रका साथै ससाना हतियार र रक्षात्मक उपकरण उपलब्ध गराएका छन् । तर उनीहरूले भारी हतियार वा लडाकू विमान दिएका छैनन् ।

स्लोभाकियाले पनि युक्रेनको सैन्य उपकरणलाई मर्मत र रिफिटिङ गर्ने विषयमा सहयोग दिन विचार गरिरहेको छ । जर्मनीले दर्जनौं इन्फान्ट्री फाइटिङ भेहिकल युक्रेन पठाउने भएको छ र बेलायतले २० वटा एम्बुलेन्स दिने भएको छ । –एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा