नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताएका छन् ।
मंगलबार वीरगन्जमा आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन ‘अपवित्र’ ढंगले जन्मिएको बताउँदै उनले जनताले बनाएको सरकारलाई अँध्यारो कुनाका बसेर ढालिएको उनले आरोप लगाए ।
वर्तमान सरकार संवैधानिक सरकार नभएको बताउँदै उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको बताए । ओलीले वर्तमान सरकार अदालतको परमादेशबाट आएको बताउँदै अब आगामी चुनावमा एमाले जनताबाट अभिमत पाएर आउने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमाले सँग डराएर गठबन्धन गरेका पाँच दललाई एमाले पार्टीले ठेगान लाउने समेत दाबी गरेका छन् ।
एमाले पार्टीले गरेका जनहितका कामको मुल्याङकन जनतालेनै गर्ने ओलीको ठहर थियो । कम्युनिष्ट सरकारलाई ढालेर काँग्रेसको पछि लाग्ने हरू कम्युनिस्ट नभएको ओलीको ठहर थियो । आगामी निर्वाचनमा नक्कली कम्युनिष्ट हरुको मुल्याङकन पनि जनतालेनै गर्ने अध्यक्ष ओलीको भनाई थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।