शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लोडसेडिङ हामीले हटायौँ, अरुले जस लिन खोजे :ओली


  • बुधबार, चैत्र २३ २०७८
7.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा केही वर्षअघिसम्म हुने १८ घण्टा लामो लोडसेडिङ आफूहरुले हटाएको बताएका छन्।

आफ्नो सरकारको पालामा योजनावद्ध काम गरेर लोडसेडिङ हटाए पनि अरुले जस लिन खोजेको पनि ओलीले बताए।

हामीले लोडसेडिङ अन्त्य गरेका हौँ। तर अरुले लोडसेडिङ हटाएको भनिरहेका छन्, वीरगञ्जमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, मैले गरेका कुराहरुमा चटके गरेर जस लिन खोजे। लोडसेडिङका फादरहरुले बिजुली ल्यायौँ भनेर गफ दिएका छन्।

ओलीले केही मानिसले आफूलाई लोडसेडिङ अन्त्यका पिताजी माताजी भनिरहेको बताउँदै कटाक्ष गरे। उनीहरु हामी लोडसेडिङका पिताजी र माताजी भनिरहेका छन्, उनले भने, लोडसेडिङ गराउने पिताजी हुन् उनीहरु।

स्थानीय निर्वाचनको मुखैमा पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रमका बीच उनीहरू एमाले प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता पनि सहभागी थिए ।

एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी छन् । यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नेमा धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि छिन् ।

कार्यक्रममा विभिन्न दल त्यागेर एमाले रोजेका जिल्ला र पालिकास्तरीय नेताहरूलाई स्वागत गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा