शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

छोरी रेणु दाहालका लागि गठबन्धन तोड्न प्रचण्ड तयार, ढल्किए एमालेतर्फ !


  • मंगलबार, चैत्र २२ २०७८
11.8K
SHARES

फाइल तस्विर

काठमाडौं – भरतपुरमा रेणु दाहाललाई मेयर नदिए गठबन्धन तोड्न सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चेतावनी दिएका छन् । भरतपुरमा मेयरको टिकट माओवादी केन्द्रलाई नदिए गठबन्धन तोड्न सक्ने प्रचण्डको भनाईलाई उदृत गर्दै माओवादीका एक नेताले भने ।

उनले कांग्रेसले नछोडे एमालेसँग मिलेर भएपनि भरतपुरमा मेयर उठेरै छाड्ने बताए । चितवन कांग्रेसको आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरिसकेको छ ।

सोही कुरालाई लिएर प्रचण्ड यति बेला गठबन्धन तोड्न पनि पछि नहटने मुडमा पुगेको ती नेताले बताए । कांग्रेस लचिलो भएन भने गठबन्धन दुर्घटनामा जान सक्ने ती नेताको भनाई छ । अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेणु दाहाल रहेकी छन् । दाहाललाई मेयर बनाउन २०७४ सालमा कांग्रेसले नै सहयोग गरेको थियो ।

कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो । पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ ।

तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ । त्यसैले यस पटक कुनै पनि हालतमा कांग्रेस मेयरको पद छोड्ने पक्षमा छैन । भरतपुरमा माओवादी केन्द्र र कांग्रेस मध्य कसले मार्ला बाजी त्यो भने त्यो भने समयले देखाउला नै ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा