शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले पार्टीले किन गरेन निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिविद्धतामा हस्ताक्षर ?


  • मंगलबार, चैत्र २२ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिबद्धता पत्रमा भनिएको छ,  ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३,  निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न-गराउन प्रतिबद्ध छौं ।’

प्रतिबद्ध पत्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का,  माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेल,  जनता समाजवादी पार्टीका प्रकाश अधिकारी,  एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसाल लगायतले हस्ताक्षर गरे ।

आयोग पुगेका केही राजनीतिक दलले भने छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए ।

एमालेले पनि आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेको छैन । एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख  निरज आचार्य आयोग पुगेका थिए ।

कानुन विभाग प्रमुख बडालले छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको बताए । ‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकोले एमालेले आज कुनै हस्ताक्षर गरेन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा