शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

टिकट नपाउँदा दाम्लो चुडाउन खोज्नेहरू कम्युनिस्ट हुँदैनन् : ईश्वर पोखरेल


  • मंगलबार, चैत्र २२ २०७८
9.5K
SHARES

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले व्यक्तिगत स्वार्थलाई केन्द्रित गर्नेहरू कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले चितवनले आयोजना गरेको जेपी भेटवालको चौथो स्मृति दिवसमा आयोजित श्रद्धाञ्जली सभा एवं स्मृतिग्रन्थ विमोचन समारोहमा बोल्दै उनले व्यक्ति भन्दा पार्टी सदैव माथि राखेर राजनीति गर्नुपर्नेमा जोड दिएका छन्।

अहिले कम्युनिस्ट नेताहरूमा चुनावमा टिकट पाए राम्रो मान्ने अन्यथा दाम्लो चुडाएर अन्यत्र जान खोज्ने प्रवृत्ति विकसित हुँदै गएको भन्दै त्यो रोक्नुपर्ने उहाँले बताउनुभयो ।

जेपी भेटवालले मान्य अमान्य भएपनि पार्टीको निर्णय स्वीकार गर्ने नेता रहेको सम्झदै पोखरेलले स्थानीय चुनाव आउँदै गरेको र मेयर उपमेयर, प्रमुख उपप्रमुखको टिकट नपाए पार्टीकै विरोध गर्नेहरू रहेको भन्दै यो सच्चिनुपर्ने बताएका छन् ।

साथै उनले अबको चुनावमा एमाले एक्लै गठवन्धनसँग भिड्ने र माओवादी केन्द्र तथा नेकपा समाजवादीसँग कुनै हालतमा तालमेल नहुने प्रष्ट पारेका छन् । भइरहेको बहुमतको कम्युनिष्ट सरकार भत्काएर कांग्रेससँग गठबन्धन गर्नेहरू कुनै हालतमा सहकर्मी हुन नसक्ने उनको प्रष्टोक्ति थियो ।

कार्यक्रममा जागृतप्रसाद भेटवाल स्मृतिग्रन्थ विमोचन गरिएको थियो भने अन्य पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई पोखरेलले खादा र अविर लगाएर स्वागत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा