नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलो चटाउने चेतावनी दिएका छन् ।
सोमबार सुनसरीको इटहरीमा आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले उक्त चेतावनी दिएका हुन् । अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्ह प्रति जनताको आकर्षक बढेकाले अबको निर्वाचन सरकारमा आबद्ध दलहरूले मात्र विजय गर्ने दाबी गरेका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेलाई धुलो चटाएइको स्मरण गर्दै नेपालले अब आउने तीन तहको निर्वाचनमा सरकारमा गठबन्धन मिलेर एमाले अध्यक्ष केपी ओलीको अहंकारलाई समाप्त पारिदिने दाबी गरेका छन् ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केपी ओली सरकारको पालामा भ्रष्टाचार भएको भन्दै छानविन गरि दोषी उपर कारबाही हुनुपर्ने समेत बताएका छन् । झापाको गिरी बन्धु टी स्टेटको जग्गा घोटाला काण्डको तत्काल छानविन गरि ओली लगायतका दोषीउपर कारबाही गर्न पनि अध्यक्ष नेपालले माग गरेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।