शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेस प्रवेश गरेको भन्दै आफ्नै साथीलाई एमालेका कार्यकर्ताले गरे राम धुलाई !


  • मंगलबार, चैत्र २२ २०७८
9.7K
SHARES

तस्बिर : सामाजिक सञ्जालबाट

नेकपा एमालेका कार्यकर्ताले कांग्रेस प्रवेश गरेकै कारण आफ्नै साथीलाई निर्घात कुटपिट गरेका खवर बाहिरीएका छन् ।

जाजरकोट छेडागाड गाउँपालिका–३ का एक दलित युवा एमालेबाट कांग्रेसमा प्रवेश गरेको र सोही निहुँमा निर्घात कुटपिट भएको समाचारहरूमा उल्लेख पाइन्छ ।  कांग्रेस प्रवेश गरेकै कारण उनले आफ्नै साथीबाट रगताम्य हुनेगरी कुटाइ खाएको समाचार सार्वजनिक भएको हो ।

जातीय अपहेलित हुने शब्दको प्रयोग गर्दै कांग्रेस पार्टी प्रबेस गरेकै कारण निर्घात कुटपीट गरिएको हो । सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्यले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटपिट गरेको खवरहरुमा उल्लेख छ । घटना आइतबार साँझ साढे ६ बजेको हो ।

उनी केही दिन पहिले नेपाली एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए । अहिले उक्त पीडितको रगताम्य भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको र केहीबरपछि छाडिदिएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा