सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

आजको मौसमः यी दुई स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने


  • मंगलबार, चैत्र २२ २०७८
6.9K
SHARES

फाइल तस्विर

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यता बुधबार प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा