मर्नु भन्दा अघि सुबिधा सम्पन्न ७ वटा बाल अस्पताल बनाएर राष्ट्रलाई दिन्छु: डा. कोइराला (भिडियो)
KTM Khabar
सोमबार, चैत्र २१ २०७८
14.2K
SHARES
भगवान कोइराला नेपालका प्रख्यात कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन्। नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ ।
कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे । उनी २००१ देखि २००९ सम्म शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख थिए ।
उनले त्रि वि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गरे । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर कोइराला नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउपचार तथा विशेषताको अस्पताल स्थापनामा जुटेका छन्।
उनको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापनाका गर्न जुटेको हो।
यो अवधारणामा आशातित लगानी संकलन हुन सके सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने कोइरालाले जानकारी दिए।
सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ।
कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको छ। तर, जन्मेदेखि किशोर हुने बेलासम्म बालबालिकाले बहुविशेषताको उपचार नपाएको कोइरालाको बुझाइ छ। नेपालमा मातृ शिशु मृत्युदरको दर घट्न पनि सकेको छैन।
कोइरालाका अनुसार देश तथा विदेशमा रहेका नेपाली तथा शुभचिन्तकबाट सहयोग अपेक्षा गरिएको छ।
हाल नेपाल मेडिकल काउन्सिलको अध्क्षय रहेका डाक्टर कोइरालासंग पत्रकार सुमन खरेलले गरेको कुराकानी:
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।