शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बौद्ध प्लटिङस्थित खाजा घरबाट १६ जना पक्राउ


  • सोमबार, चैत्र २१ २०७८
7.2K
SHARES

फाइल तस्विर

अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-६ बौद्ध प्लटिङस्थित खाजा घरबाट अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उक्त खाजा घरमा बिंगो खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ७४ हजार एक सय ५० रुपैयाँसहित पक्राउ गरेको हो।

साथै प्रहरीले उनीहरूबाट एक हजार ५०० पिस बिंगो टिकट र दुई थान स्पिकर समेत बरामद गरेको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

याे पनि पढ्नुहाेस्:

कुकुरले डुलाएको शिशुको शवकाे पहिचान खुल्याे

प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ। प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो। अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो।

कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो। शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो।

जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विकको बच्चाको रहेको जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो। आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो।

पवित्रा र उनका श्रीमान् गोपालले प्रहरी समक्ष आफूहरुले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जंगलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुनसक्ने बताएका थिए। प्रहरीले शवको सनाखत गराई पुनः सुरक्षितरूपमा दाह संस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ। रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा