सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

एमाले प्रवेश गर्न दलबलसहित बालकोट पुगेका माओवादीका यी नेतालाई प्रचण्डको फोन आएपछि…


  • सोमबार, चैत्र २१ २०७८
27.1K
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका ठूलै नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । पछिल्लो समय माओवादी छाड्नेक्रम देशभर बढिरहेका बेला ठूलै नेता एमालेमा हुइकिएपछि पार्टीपंक्तीमा सन्नाटा छाएको हो । निर्वाचित धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी हरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ ।

डल्लाकोटी एमाले प्रवेशका लागि जिल्लाका नेताहरू डा। पुष्प कडेल, भूमि त्रिपाठीसहित बालकोट पुगेका थिए । धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख डल्लाकोटी थिए । डल्लाकोटी एमाले प्रवेशका लागि बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले उनलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरे । अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रचण्डले भने– किन त्यसो गर्नुभएको हो ? अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्नु भएन नि । हामी बसेर सल्लाह गरौं । तर, डल्लाकोटीले भने अब एमाले प्रवेश गरेको भन्दै प्रचण्डसँगको संवाद टुंग्याए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा