काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नायिका तथा राप्रपा नेतृ रेखा थापको नाम लिदैं लेखेको स्टाटस चर्चामा छ । कुनै समय नेकपा माओवादी केन्द्रमै रहेका तीन नेताबीच सोमबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भेट भएको छ।
पार्टीका राजनीतिक कार्यक्रममा भाग लिन उपत्यका बाहिर जाने क्रममा नेताहरु डा। बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाबीच जम्का भेट भएको हो। विगतमा माओवादीमै रहेका बाबुराम अहिले जनता समाजवादी पार्टीमा छन्। उता वर्षमान पुन माओवादीमै छन् भने रेखा थापा माओवादी छाडेर अहिले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा छिन्।
विमानस्थलको आन्तरिक टर्मिनलस्थित विशिष्ठ कक्षमा भेट भएपछि बाबुरामले सामाजिक सञ्जालमा तस्बिर हालेका छन्। उनले उक्त तस्बिर पोस्ट गर्दै एउटा लोक गीतको अंश पनि हालेका छन्।
’एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट’, उनले भनेका छन्, ‘नलाऊ माया दुईतिर।।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो।’

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।