शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चुनावमा तालमेल गर्न गठबन्धनमा भयो २ निर्णय


  • सोमबार, चैत्र २१ २०७८
10.1K
SHARES

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि आपसी तालमेल गरेर भाग लिने निर्णय गरिसकेका छन्। त्यसका लागि उनीहरूले केन्द्रदेखि पालिका स्तरसम्मै संयन्त्र गठन गरेका छन्।

अहिले धमाधम ती संयन्त्रको बैठक बसेर चुनावमा के कसरी तालमेल गर्ने भन्ने विषयमा निर्णय गरिरहेका छन्। यसै क्रममा बागमती प्रदेश स्तरीय संयन्त्रको बैठक बसेको छ। आइतबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलका सन्दर्भमा दुइटा निर्णय गरेको छ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यक्रम समितिका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशनबमोजिम आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्न बागमती प्रदेशका सबै जिल्लाले जिल्ला स्तरीय संयन्त्रको बैठक गरी पालिका स्तरीय संयन्त्रको बैठकले गरेको विश्लेषणका आधारमा वस्तुस्थिति विश्लेषणसहितको प्रतिवेदन चैत २३ गते ३ बजेभित्र पेस गर्न आआफ्ना दलका जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको हो।

यस्तै बागमती प्रदेशका ११९ वटै पालिकामा गठबन्धनमा सहभागी पाँच दलले गत ९२०७४० चुनावमा पाएको मतको अवस्था र जितेका स्थानमा हाल जनमतको स्थिति अध्ययन गरी निष्कर्षमा पुग्ने निर्णय गरिएको गठबन्धनको बागमती प्रदेशस्तरीय संयन्त्रले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। गठबन्धनमा रहे पनि राष्ट्रिय जनमोर्चा सरकारमा भने सहभागी छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा