शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी : गृहमन्त्री खाँड


  • सोमबार, चैत्र २१ २०७८
14.2K
SHARES

फाइल तस्विर

गृहमन्त्री बालकृष्ण खाडले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताएका छन् । बाराको सिम्रौनगढमा सोमबार कांग्रेसका पुरा नेता स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाडले नेपालको सीमाको रक्षा गर्ने मधेसी नै सच्चा राष्ट्रवादी भएको बताएका हुन् ।

उनले  भने, ‘सुरक्षाकर्मीलाई प्रयाप्त स्रोत साधन दिन सकिएको छैन। सीमा क्षेत्रमा प्रयाप्त सुरक्षा पोष्ट पनि राख्न सकिएको छैन । यस्तो अवस्थामा मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका छन् , नेपाली भूमिको सुरक्षा मधेशकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले बिर्सिन हुँदैन । ‘

नेपाली कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको भन्दै उनले सबै भूगोल ,जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने काम कांग्रेसले गर्दै आएको बताए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाडले भने, ‘त्यसैले कांग्रेस बलियो भए मात्र देश बलियो हुन्छ , जनताले यो कुरा बुझ्न जरुरी छ ।’

मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउनका लागि कांग्रेसले अग्रसरता लिने गृहमन्त्री खाँडले बताए ।  उनले भने,’मधेसको विकास भए मात्र देशको विकास हुन्छ, मधेस समृद्ध भए मात्र देश समृद्ध हुन्छ , त्यसैले मधेस र पहाडलाई फुटाउने होइन मधेस र पहाडलाई जुटाउने काम गर्नुपर्छ ।’

मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै गृहमन्त्री खाडले नागरिकताको समस्या छिटटै सामधान हुने बताए ।  उनले भने, ‘नेपालमा जन्मिएका , यहि जन्मिएर हुर्किएकालाई नागरिकताबाट  बञ्‍चित गरिनु हुन्न , उनीहरुलाई नेपाली नागरिकता दिनुपर्छ ।’

कानुनको अभावका कारण नागरिकता वितरणमा केहि समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा