विगत ७ बर्षदेखि सिभिल इन्जिनियरका रुपमा सक्रिय काम गर्दै आएका देवराज दुलाल राजनीतिमा अघि बढेका छन् । उमेरले ३२ पुगेका अविवाहित दुलाल आगामी बैशाखमा हुन गएको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ नम्बर वडामा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । उनी केही दिन अघि एक कार्यक्रमकाबीच नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
मेलम्ची नगरपालिकामा रहेर केही बर्ष इन्जिनियरको जागिरे जीवन विताइसकेका उनलाई कांग्रेस मेलम्ची नगरले वडा अध्यक्षको टिकट दिने ग्रीन सिग्नल दिएपछि उनी अहिले चुनावी दौडधुपमा होमिएका छन । पारिवारिक पृष्ठभूमि कांग्रेस भएको र प्रजातान्त्रिक पार्टी प्रति झुकावका कारण पनि कांग्रेस रोजेको उनको भनाई छ ।
पार्टी भन्दा पनि स्थानीय तहमा व्यक्तिको क्षमतालाई मूल्याङकन गरेर संक्षम युवालाई उम्मेदवारका रुपमा अवसर दिनुपर्नेमा उनको जोड रहेको छ । मतदाताले पनि स्थानिय स्तरको विकास गर्न सक्ने व्यक्ती चुन्नु पर्ने उनको भनाई छ । मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा ४३ सय २२ जना मतदाता रहेका छन् ।

हाल ११ नम्बर वडामा नेकपा एमालेबाट पार्टीका नगर इन्चार्ज तथा वडा सदस्य समेत रहेका चन्द्र बहादुर तामाङ, नेपाली कांग्रेसबाट दुलालसँगै शम्भु चौलागाई र कुमार दुलाल आकांक्षी छन् भने नेकपा माओवादीबाट अघिल्लो पटक वडा अध्यक्षमा एमालेका रुद्र प्रसाद दुलालसँग केही मतले मात्र पराजित भएका सुदर्शन सापकोटाले वडा अध्यक्षममा दाबी प्रस्तुत गरेका छन् । गठबन्धन नभएको खण्डमा यस्तो अवस्था देखिए पनि गठबन्धन भएमा भागबन्डाको आधारमा उम्मेदवार हेरफेर हुन सक्ने देखिन्छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।