स्थानीय निर्वाचनको मुखमा पाँच दलिए गठबन्धन चुनावमा जाने सङ्केत बुझेपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राप्रपा र राप्रपा नेपाल संग चुनावी तालमेल गरेर पाँच दलिए गठबन्धनलाई धुलो चटाउने रणनीतिमा लागेको स्रोतको दाबी छ । बिगतमा पनि एमाले अध्यक्ष ओलीको गृह जिल्लामा राप्रपा सँग चुनावी तालमेल भएको थियो ।
ओलीले राप्रपामा छरिएर रहेको मतलाई तानेर एमालेमा ल्याउने रणनिति अनुरूप राप्रपाका नेता तथा राप्रपाबाट फुटेर बनेको राप्रपा नेपाल सँग छलफलमा रहेको बुझिएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले राप्रपाका दुबै समूहसँग चुनावी तालमेलका लागि छलफल थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेलका लागि छलफल थालेका हुन् ।
बिहीबार नेपालगञ्जमा ओलीले सो महानगरपालिकाका मेयर धवलशमशेर राणासँग चुनावी तालमेलबारे प्रारम्भिक छलफल गरेका छन् । यस्तै, ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि चुनावी गठबन्धनका लागि विभिन्न चरणमा छलफल गरेको सो पार्टीका नेताहरुले बताएका छन् ।
यसरी हेर्दा राप्रपा र राप्रपा नेपाल सँग एमालेले चुनावी तालमेल गर्ने संभावना बलियो रहेको स्रोतको दाबी छ । अघिल्लो स्थानीय निर्वाचनमा पनि कतिपय स्थानीय तहमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । तर, राप्रपाको महाधिवेशनपछि सो पार्टी दुईवटा भएर राप्रपा र राप्रपा नेपाल भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।