शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चितवनमा सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने तर भरतपुरको मेयरमा कांग्रेसले रेणु दाहाललाई नछाड्ने !


  • सोमबार, चैत्र २१ २०७८
16.7K
SHARES

आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेको छ । सबै स्थानिय तहमा गठबन्धन गर्ने तर भरतपुरमा मेयर नछोडे चितवन कांग्रेको धारणाले चितवनमा तरंग सिर्जना भएको छ।

काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् । कांग्रेसले मेयर नछाड्ने निर्णय गरे संगै चितवनमा तरंग सृजना भएको हो ।

आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय चुनावमा सघाउन सकिने तर मेयर भने आफूले पाउनुपर्ने काँग्रेस बैठकको माग छ ।

केन्द्रमा पाँच दलले देशभरका ६ वटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने सहमति गरेका छन् । तर, चितवन काँग्रेसको अडानले केन्द्रमा दबाव सिर्जना भएको छ । यसअघि जुन दलले जितेको हो, त्यही दललाई छाड्ने गरी केन्द्रमा छलफल भइरहेको नेताहरु बताउँछन् । त्यो स्थितिमा ६ वटा महानगरपालिकामध्ये काँग्रेसले विराटनरगर र ललितपुरसहित एमालेले जितेको काठमाडौंसमेत लिने अनि भरतपुर माओवादीलाई छाड्ने केन्द्रमा छलफल भइरहेको बुझिएको छ । पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले दाबी गरेका छन् । यसरी केन्द्रमा होमवर्क भइरहेकै बेला चितवन काँग्रेसले भरतपुरको मेयरसमेत आफैंले पाउनुपर्ने दाबी गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा