शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भरतपुर महानगरसहित चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय


  • सोमबार, चैत्र २१ २०७८
12.5K
SHARES

फाइल तस्विर

चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ । तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने निर्णयमा उल्लेख छ । संयुक्त संयन्त्रको संयोजन नेपाली काँग्रेसको पालिका सभापतिले गर्ने सहमति भएको छ । यस्तै गठबन्धन सहभागी दलहरूका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै जिल्लाको दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १–१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि भएको छ । बैठकमा सत्तारुढ दलका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता रहेको थियो । चितवनमा भरतपुर महानगरपालिकासहित ७ स्थानीय तह रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा