शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल


  • सोमबार, चैत्र २१ २०७८
8.6K
SHARES

प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले नेता ईश्वर पोखरेलले एमाले सरकार ढाल्नेसँग गठबन्धन नगर्ने बताएका छन् ।

उनले भने, एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।’ उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’

एमाले वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताए । यस्तो २०४८ सालदेखिकै अभ्यास भएको बताउँदै उनले भने, ‘तर हामी गठबन्धनको हिसाबले जान्नौं ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भेटघाट सामान्य भएको पनि बताए । तर तत्कालीन एमालेको सरकार ढाल्नेहरू सँग भने अफुहरुले गठबन्धन नगर्ने बताएका हुन् । उनले एमाले पार्टी पाँच दलिए गठबन्धन सँग एक्लै भारी पर्ने बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा