सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु, सातजना घाइते


  • आइतबार, चैत्र २० २०७८
9.7K
SHARES

धनगढी । डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनमा परी पूर्वी चौकी–३ डोटीका १८ वर्षीय खेम बोहरा र ४५ वर्षीय पुरन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक शारदाप्रशाद चौधरीले जानकारी दिए ।

घाइते हुनेमा पूर्वीचौकी गाउँपालिकाका योशोदा बोहरा, मोहन बोहरा, अमरसिह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।

घाइतेमध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा