शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

मन्त्री झाँक्रीलाई अर्को आपत, बाटोमै भयो हरि विजोग


  • आइतबार, चैत्र २० २०७८
10.9K
SHARES

काठमाडौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई अर्को आपत आइलागेको छ । सरकारले निर्माण सम्पन्न गरेको एउटा भवनको उद्घाटनका लागि पुगेकी झाँक्री उद्घाटन गर्न नपाएपछि आपतमा परेकी हुन् ।

मन्त्री झाँक्री पुग्दा एमाले सांसदले उक्त भवनको उद्घाटन सम्पन्न गरिसकेका थिए । धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए पछि त्यसको औपचारीक उद्घाटन कार्यक्रम तय भएको थियो ।

जसका लागि मन्त्री रामकुमारी झाँक्रीलाई निम्ता पठाइएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा १ करोड ९७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन शनिबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने तय भएको थियो । सरकारी पक्षले शनिवार भवन उद्घाटनको तयारी गर्दै गर्दा उता एमाले सांसद भने उद्घाटन गरेर फर्किसकेका छन् ।

मन्त्री झाँक्री धनकुटा पुग्नुअगावै धनकुटाका एमाले सांसद राजेन्द्र राईले भिरगाउँ पुगेर भवन उद्घाटन गरी फर्किसकेका छन् । शहरी विकास अन्तरगत बनेको उक्त स्वास्थ्य चौधरी मन्त्री झाँक्रीबाट उद्घाटन गराउने तयारी गरिएको थियो ।

धनकुटाबाट एकीकृतका कार्यकर्ता मन्त्रीलाई ‘रिसिभ’ गर्न भेडेटार पुगेका थिए । धनकुटामा मन्त्री झाँक्रीले पार्टीको नगरसभालाई सम्बोधन गरेर फर्किएको बुझिएको छ ।

शहरी विकास कार्यालय धनकुटाले मन्त्री झाँक्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय गरी शिलालेखसमेत तयार पारेको थियो । तर, नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चन्द्रलाल तामाङले नयाँ शिलालेख बनाएर सांसद राईको हातबाट उद्घाटन गराएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा