शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बालकृष्ण खाणको पद खोसियो !


  • आइतबार, चैत्र २० २०७८
10.5K
SHARES

फाइल तस्विर

२० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किंएका छन् ।

आइतबार विहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गरेका देउवाले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए । बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी साँझ काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री देउवाले स्वदेश फर्किंएसंगै गृहमन्त्री बालकृष्ण खाणलाई दिइएकाे कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वतः खोसिएको छ ।

आफ्नो अनुपस्थितिमा प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरे अनुसार गृहमन्त्री खाणलाई कार्यवाहक जिम्मेवारी तोकिएको थियो । प्रधानमन्त्री नेपाल आए लगतै ३ दिनसम्म सम्हालेका कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारीबाट खाण हटेका छन् । यद्यपी खाण गृहमन्त्रीको जिम्मेवारीमा भने रहिरहनेछन् ।

यस्तै देउवाले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

खड्कालाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि कार्यवाहक सभापतिको पद दिइएको थियो । देउवा भारतबाट फर्किएसंगै खड्काको कार्यवाहक जिम्मेवारी पनि स्वतः हटेकाे छ ।

देउवाको भारत भ्रमणमा पत्नी आरजुसहित परराष्टमन्त्री नारायण खड्का, स्वास्थमन्त्री मन्त्री विरोध खतिवडा लगायत ५० जनाको टोली भारत गएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा