काठमाडौं, २० चैत्र ।
अब कोभिड–१९ विरुद्धको खोपको पहिलो श्रृंखला पुरा गरेको ३ महिनापछि बुस्टर खोप लगाउन पाइने भएको छ ।
यसअघि खोपको पहिलो श्रृंखला पुरा गरेको ६ महिना पछि मात्र बुस्टर खोप लगाइदै आएकोमा राष्ट्रिय खोप सल्लाहाकार समितिको गत चैत्र १३ को सिफारिशको आधारमा स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले पहिलो श्रृंखला पुरा गरेको ३ महिनामै खोप दिने निर्णय गरेको हो ।
साथै मन्त्रालयले खोप लगाउन छुटेका नागरिकहरुलाई तोेकिएको खोप केन्द्रहरुबाट निरन्तर पहिलो तथा बुस्टर खोप लगाउन पनि आग्रह गरेको छ ।
महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।