शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा


  • आइतबार, चैत्र २० २०७८
8.8K
SHARES

तस्विरः फाइल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’ राखिएको छ। सो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा तोकिएको थियो। मुद्दा हेर्न नमिल्ने सूचीमा राखेएपछि आइतबार सुनुवाइ भएन।

यसअघि फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आइतबारका लागि मिति तोकेका थिए।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए। सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेको रिटमा अन्तरिम आदेश दिएकाले अहिले यो मुद्दा सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा